×
प्रभु इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा



प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले १६ चैतसम्म सेयर डिम्याट गराएकाहरूको बोनस सेयर खातामा पठाइदिएको हो । १६ चैतपछि डिम्याट गर्नेहरूको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको गत ३० चैतमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस