×
Lagani
Lagani Shiksha gif
भोलिदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा।

फाइल तस्विर



वायुसेवा सञ्चालक सङ्घ नेपालले पत्रकार सम्मेलन गरेर सम्पूर्ण आपत्कालीन तथा नियमित उडानहरू बुधवारबाट अवरुद्ध गर्ने चेतावनी दिएको छ।

संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो। नियामक निकायले निजी वायुसेवाका विमान र हेलिकप्टरहरू क्षेत्रीय विमानस्थलमा रात्रिकालीन बास बस्नुपर्ने र त्यहाँबाट पहिलो उडान थाल्नुपर्ने निर्णय लागु गरेको विरोधमा सङ्घले यस्तो कदम चालेको बताएको छ।

Lagani Shiksha gif
sharehubapk भोलिदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा।

पत्रकारसम्मेलनमा संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पुरानै शुल्क कायम गर्न माग गरेको छ । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधार बनाउन स्थान उपलब्ध गराउन पनि सरकारसँग गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले असार ५ गतेदेखि लागु गरेको अपरेटिङ बेसका प्रावधानहरु खारेज गर्न पनि संघले माग गरेको छ । सङ्घले पाँच बुँदे माग अघि सर्दै त्यो पूरा नभएसम्मका लागि सबै खालका उडानहरू बुधवारबाट रोक्ने बताएको छ।

वायुसेवासहित सार्वजनिक हितका विभिन्न २५ क्षेत्रमा हडताल गर्न सरकारले निषेध गरेको छ। आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत निषेध गरिएको कुनै हडताल कसैले गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई छ महिनासम्म कैद वा २,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस