×
Lagani
Lagani Shiksha gif
उडिरहेको विमानमा आगो लाग्यो ।



पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ ।

विमानको बायाँ इन्जिनबाट धुुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ ।  इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk उडिरहेको विमानमा आगो लाग्यो ।

विमानमा १८५ यात्रु थिए । विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालेर आगो निभाइएको थियो। टेक अफको लगत्तै कम उचाइमा चरा ठोक्किएर विमानमा आगो लागेको थियो । स्पाइसजेटले घटनाको बारेमा आधिकारिक विज्ञप्ति जारी गर्दै बर्ड हिटको कारण उद्धृत गरेको छ। अर्कोतर्फ, आरे एयरपोर्ट प्रशासनले दुर्घटनाको उच्च स्तरीय छानबिन गरिरहेको छ।

फुलवारीशरीफ क्षेत्रका मानिसले उडेको विमानबाट धुवाँ निस्किएको देखेपछि तुरुन्तै जिल्ला प्रशासन र विमानस्थललाई फोन गरेर खबर गरेका थिए । त्यसपछि विमानलाई पटना विमानस्थलमा अवतरण गरिएको थियो । स्थानीयले उडिरहेको विमानमा आगलागी भएको भिडियो पनि बनाएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस