GBIME 176 -2 SABSL 940 53 HHL 354 5.1 CCBD88 1052.1 -8.9 SALICO 681 -11.2 DDBL 753.1 35 MKCL 894 29.1 HATHY 832 -3 SCB 547.9 2.9 TRH 726.2 -3.8 CIT 2110 -0.1 BHPL 544 -9 EHPL 448 5 UNLB 2120 79.9 MERO 716 23 C30MF 8.27 -0.1 MMKJL 438 -9 SSHL 163 -0.8 NBF3 7.17 -0.13 UPPER 164.5 -1.5 UNHPL 219.2 -0.9 KDBY 8.7 0.11 SWBBL 834 24 EBLD85 1062.4 -43.6 CZBIL 158 -3.9 FOWAD 1261 51 HBL 175.6 -2.4 PBLD87 985 6.5 SPL 661 -10.2 JFL 510 -6 SKBBL 830 18.6 BHDC 498.4 18.4 SAHAS 502 -5.4 SDLBSL 1008 68 SINDU 384.6 -5.3 SRLI 434.1 -5.9 SGHC 321 -0.9 LSL 157 3 PRSF 8.55 0 HIDCLP 97.9 -1.1
×
दुर्गा प्रसाईंले उपहार पाएको ‘सुनको लौरो’ बारे अनुसन्धान सुरु



संयुक्त अरब इमिरेट्स (युएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले  मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ बारे रहस्यको खोजी भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले  राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालयले छानबिन थालेको बताए । ‘उहाँ शनिबार बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन,’ उनले भने ।

भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए । भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेकजाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए ।

लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनविज्ञ छ । यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस