×
Lagani
Lagani Shiksha gif
एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले मर्ज प्रस्ताव पारित गरिँदै



एभरेष्ट इन्स्योरेन्सको बिहीबारे विशेष साधारण सभा बस्दैछ । सभामा हिमालयन जनरल इन्सुरेन्स सँग मर्ज हुने प्रस्ताव पेस हुँदैछ ।

मर्ज हुने भएपछि हाल एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का  गरेको छ । यी दुई कम्पनीहरुबीच गत २२ वैशाखमा मर्जसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २५ करोड र हिमालयन जनरलको एक अर्ब १७ करोड रुपैयाँ छ ।

Lagani Shiksha gif
sharehubapk एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले मर्ज प्रस्ताव पारित गरिँदै

यसैगरी, हिमालयन जनरल इन्स्योरेन्सको पनि बिहीबार नै विशेष साधारण सभा बस्दैछ । सभामा एभरेष्ट इन्सुरेन्सँग मर्ज हुने प्रस्ताव पेस हुनेछ ।   हाल हिमालयन जनरलको चुक्ता पुँजी एक अर्ब १७ करोड रुपैयाँ छ । यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पु¥याउनका लागि मर्जरको बाटो रोजेका हुन् ।

बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब रुपैयाँबाट बढाएर साढे दुई अर्ब रुपैयाँ पु¥याएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस