×
डिभीको नतिजा सार्बजनिक हुदै , यस्तो छ नतिजा हेर्ने तरिका र समय।



अमेरिकी सरकारले खुलाएको डिभीको नतिजा आज सार्वजनिक हुने भएको छ।

अमेरिकाले सन् २०२३ को इडीभी नतिजा आज सार्वजनिक गर्न लागेको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी प्रोग्रामले जनाएको छ। अमेरिकी दूतावासका अनुसार आज   नेपाली समयअनुसार रातिको पौने १० बजेबाट डिभीको नतिजा सार्वजनिक हुने भएको छ ।

२०२३ का लागि नेपालीले दिएको आवेदनको नतिजा dvprogram.state.gov मा गएर  हेर्न सकिने दूतावासले जनाएको छ । नतिजा हेर्न आवेदन दिँदा यसअघि उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ ।

कसरी हेर्ने डिभीको नतिजा ?
डिभिको नतिजा हेर्नको लागि सर्बप्रथम https://dvprogram.state.gov/ESC/CheckStatus.aspx मा क्लिक गर्नुहोला।   यो लिंक क्लिक गरेपछि   डिभी पर्दा दिएको १६ वटा अंक र अक्षर भएको कन्फर्मेसन नम्बर,आफ्नो नाम थर र जन्मेको मिती(सन्मा) माग्छ, त्यो भरेपछि अन्त्यमा कोड दिएको हुन्छ त्यो कोड आफुले टाईप गरेर Submit गर्नुपर्ने हुन्छ ।

कन्फर्मेसन नम्बर बिर्सिएको खण्डमा forgot conformation number क्लिक गरेर मागेको जानकारी भरेर पनि हेर्न सकिन्छ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध हुनेछ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल नपठाउने भन्दै भ्रममा नपर्न पनि दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस