×
युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्धन्द्ध समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताउनुभएको हो । हाल युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले मंगलबार डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि सो धारणा राख्नुभएको हो ।

डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि मंगलबार आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– युक्रेनको संकट समाधान गर्न वार्ताका साथै कूटनीतिक प्रयासहरुलाई गति दिनुपर्छ, यही माध्यमबाट नै समस्या समाधान हुनेछ ।

भारत युक्रेनमा शान्ति चाहेको भन्दै हाल जारी रहेका आक्रमणहरुलाई रोकेर अविलम्ब कूटनीतिक वार्ता थाल्नुपर्ने भारतको धारणा रहेको पनि उहाँले बताउनुभयो ।प्रधानमन्त्री मोदी भारतको प्रधानमन्त्रीका रुपमा पहिलो पटक डेनमार्कको भ्रमण गरेको पनि उहाँले बताउनुभएको थियो ।

युक्रेनमा २६ जनाको मृत्यु, १२ घाइते
युक्रेनको पश्चिमी क्षेत्रमा भएको दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सुरुमा मृतकको सङ्ख्या थोरै देखिएपनि अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

यात्रु बहाक एउटा बस अर्को पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने रिभ्ने क्षेत्रमा मङ्गलबार भएको दुर्घटनालाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “अत्यन्त दुःखद दुर्घटना” भन्नु भएको छ ।

“दुर्घटनामा परी अहिलेसम्म कुल २६ जनाको मृत्यु भएको छ, ती मध्ये २६ जना यात्रु हुन भने दुई जना चालक हुन,” प्रहरीले जारी गरेको वक्तव्यमा लेखिएको छ । घटनामा परी अरु १२ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा मृत्यु भएकाहरुको पहिचान खोज्ने कार्य भइरहेको जानकारी दिएको छ । पिडित मध्ये अधिकांश युवा रहेको पनि जनाइएको छ । रुसको आक्रमणमा परी सयौँ युक्रेनीहरुको मृत्यु भइरहेका बेला दुर्घटनामा परी २६ युक्रेनीको मृत्यु भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस