×
फेरी २ लघुवित्त कम्पनीको आईपीओ निष्कासन हुदै , कुनको कति ? जान्नुहोस



आईपीओ निष्कासन गर्नका लागि दुई लघुवित्त कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् । अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि २०७८ चैत ३० गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिानाथ क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

त्यसैगरी आत्मनिर्भर लघुवित्तले २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासन गर्नका लागि गत चैत २१ गते निवेदन दिएको हो । दाङको घोराहीमा केन्द्रीय कार्यालय रहेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निष्कासनका लागि सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

ती दुबै कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएपछि शेयर निष्कासन गर्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस