७७ दशमलव ३३ अंकले घट्यो नेप्से , कारोबार रकम भने बढ्दै

साताको तेस्रो कारोबार दिन मंगलवार बजार अघिल्लो कारोबार दिनको तुलनामा ७७  दशमलव ३३ अंकले घटेको छ । नेप्से सूचक ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा  पुगेको छ ।

आज दिनभर  ३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन कारोबार भएका सबै समूहका सूचक घटेका छन् भने ११ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनसीसी संस्थापक र अपि पावर रहेका छन।  आज बजार समग्रमा २.९९% ले घटेको हो ।

आज महुली सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.४९ प्रतिशतले बढेको छ भने मानुसी लघुवित्तको ४.०१ प्रतिशत, माउन्टेन इनर्जीको ३.५५ प्रतिशत, मेरो माइक्रोफाइनान्सको २ प्रतिशत र कालिका लघुवित्तको १.७५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।