


साताको कारोबारको पहिलो दिन आइतबार कारोबार सुरु भएको केहि बेरमै इमर्जिङ नेपाल सहित ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
समाचार तयार पर्दा सम्म इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८ सय ३६ दशलमव ७० पुगेको छ ।
अघिल्लो कारोबारको दिन कम्पनीको रू. ७ सय ६० दशलमव ७० मा अन्तिम कारोबार भएको थियो। कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ४ लाख १९ हजार ९ सय २१ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
त्यस्तै जनरल इन्सोरेन्स कम्पनिको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ सय ६० दशलमव १० पुगेको छ ।
अघिल्लो कारोबारको दिन कम्पनीको रू. ६ सय दशलमव १० मा अन्तिम कारोबार भएको थियो। कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १५ हजार ५ सय १ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग ५५ रहेको छ ।
जिवन बिकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ३ सय पुगेको छ ।
कम्पनीको शेयरमूल्य नेप्सेले समायोजन गरेर ३ हजार पुर्याएको थियो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २९ हजार ७ सय ४६ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
त्यस्तै सानिमा जनरल इन्सोरेन्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६सय ५९ दशलमव ९० पुगेको छ ।
अघिल्लो कारोबारको दिन कम्पनीको रू. ६०० मा अन्तिम कारोबार भएको थियो। कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १८ हजार ६७ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग १ हजार ३ सय ८ रहेको छ ।