×
सुनको मूल्य सामान्य वृद्धिः चाँदीको स्थिर



सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ ।

उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार छ । उक्त सुन आइतबार प्रतितोला रु ९८ हजार ७०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३७५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२६ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस