नेप्सेमा ३ कम्पनीको बोनस शेयर र २ वटा ऋणपत्र सुचिकृत भएका छन्।
आज नेप्सेमा एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिसत बोनस शेयर , एनएमबि बैंकको १२.५० प्रतिसत बोनस शेयर , गणपति लघुवित्त वित्तीय सस्थाको १९ प्रतिसत बोनस शेयर , नेपाल राष्ट्र बैंकको २०८२ “च ” र नेपाल राष्ट्र बैंकको २०८३ “च ” नामको ऋणपत्र सुचिकृत भएको हो।
एभरेष्ट बैंक लिमिटेडको ५३ लाख ३६ हजार २ सय ३० दश्मलभ ३१ कित्ता बोनस शेयर , एनएमबि बैंकको २ करोड ४ लाख ७ हजार ४५१ दशमलव शून्य ७ कित्ता र गणपति लघुवित्त वित्तीय संस्थाको २ लाख ४१ हजार ९७७ दशमलव ८२५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
हितग्राही खातामा आएपछि लगानीकर्ताले यो बोनस शेयर खरीदविक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments