नेप्सेले आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।
नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस शेयरपछि बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार २० को आधारमा मूल्य समायोजन गरि रू. ८५७ दशमलव १४ तोकेको हो ।
कम्पनीले यस वर्ष शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।उक्त प्रस्ताव पारित गर्न कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते बोलाएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन २२ गते बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो । आइतवार समायोजन मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















