×
Lagani
Lagani Shiksha gif
१ अर्ब २७ करोड बराबरको आईपीओ निष्कासन गर्दै रिलायवल लाइफ इन्स्योरेन्स



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

रिलायवल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनी १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य सहित प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्ने भएको हो । रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट क्यापिटल रहेको छ ।

Lagani Shiksha gif

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. देशका लब्ध प्रतिष्ठित, अर्थशास्त्री, बैंकर, ब्यवसायीद्धारा प्रर्बद्धित जीवन बीमा कम्पनी हो । यस कम्पनीले व्यक्ति सुहांउदा विभिन्न किसिमको नयां नयां जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. मिती २०७४।०५।१५ बाट सन्चालन शुभरम्भ गरेको हो  ।

हाल इन्स्योरेन्सले ६ वटा पोलिसी बिक्रि गर्दै आइ रहेको छ। रिलायबल सावधिक जीवन बीमा योजना ,  रिलायबल उच्च शिक्षा जीवन बीमा योजना , रिलायबल अग्रीम भुक्तनी बीमा योजना ,  रिलायबल धनपति जीवन बीमा योजना,  बैदेशिक बीमा योजना ,  रिलायबल आजीवन बीमा योजना,  सुलभ जीवन बीमा योजना,  सजिलो जीवन बीमा योजना, रिलायबल समुन्नति जीवन बीमा योजना  गरि ६ वटा पोलिसी रहेका छन्।

कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँको दरले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्नेछ । हाल संस्थापकबाट १ अर्ब ४० करोड चुक्ता भैसकेको कम्पनीको आईपीओपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

हाल कम्पनीको जगेडा कोषमा ८२ करोड रुपैयाँ छ । प्रिमियममा जारी हुने आईपीओबाट ६७ करोड २० लाख थपिँदा जगेडा कोषको आकार साढे १ अर्बको बन्नेछ । शेयर बिक्रीबाट प्राप्त हुने आम्दानी बोनको रुपमा मात्र बाँड्न मिल्ने भएकाले बीमा समितिले जीवन बीमा कम्पनीके पूँजीवृद्धि योजना ल्याएको खण्डमा समेत हकप्रद बिना बोनस वितरण गरेर नै पूँजी कायम गर्न कम्पनीलाई सहज हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस