×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्काशन गर्दै यी लाइफ इन्स्योरेन्स कम्पनी , जानकारी सहित



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस।  

रिलायवल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनी १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य सहित प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्ने भएको हो । रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट क्यापिटल रहेको छ ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्काशन गर्दै यी लाइफ इन्स्योरेन्स कम्पनी , जानकारी सहित

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. देशका लब्ध प्रतिष्ठित, अर्थशास्त्री, बैंकर, ब्यवसायीद्धारा प्रर्बद्धित जीवन बीमा कम्पनी हो । यस कम्पनीले व्यक्ति सुहांउदा विभिन्न किसिमको नयां नयां जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. मिती २०७४।०५।१५ बाट सन्चालन शुभरम्भ गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न माग गर्दै बोर्डमा आवेदन दिएको हो ।कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

वि.सं. २०६५ आश्विन १५ गते दर्ता भइ २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा ल्याएको आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ । आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १.४ अर्ब रहेको छ भने आइपिओमा गएपछि सो पूँजी २ अर्ब पु¥याइने लक्ष्य रहेको छ । कम्पनीको पुनर्बीमा साझेदारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड रहेको छ ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धन गरिएको यस कम्पनीको प्रभावक्षेत्र अद्धितीय रहेको छ  जसमा नेपालभरी रहेका आइएमई ग्रुपका कार्यालयहरुका साथै ६००० भन्दा बढी संख्यामा रहेका आइएमई सेन्टरहरु लगायत स्थानीय रेमिटेन्स एजेन्टहरुसँग भएको व्यापक पहुँच समेत पर्दछ । आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना रणनीति साझेदारका रुपमा रहेका एजेन्सीहरु, कर्पोरेट एजेन्सी, बैंकअस्योरेन्स तथा आफ्ना प्रत्यक्ष माध्यमहरु मार्फत् ग्राहकहरुको मन जिती एउटा मजबुत ग्राहक आधार स्थापना गर्न प्रयासरत छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस