×
Lagani
Lagani Shiksha gif
देखिएन बोनसको चमक

nepal bangladesh bank limited (nbb)



पछिल्लो समय सेयर बजारमा बोनसको घोषणा सुरु भएको छ । एकपछि अर्को बैंक र माइक्रोफाइनान्सले बोनस घोषणा गरिरहेका छन् । यसै सन्दर्भमा नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयर धनीहरूलाई १२ प्रतिशन बोनस सेयर र ३ दशमलव ५ प्रतिशन नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १५ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्चात साधारणसभाको छलफलमा समावेश गरिनेछ । बोनस घोषणा भएता पनि सेयरको मूल्य भने बढेको छैन । न्युज तयार पर्दासम्म यसको मुल्य चार सय ३० रुपैयाँ छ ।

Lagani Shiksha gif

कम्पनीको आइतबार बिहान बसेको संचालक समितिको ३७५औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट सेयर धनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी नाै अर्ब ४८ कराेड दुई लाख ११ हजार एक १९५ को १२ प्रतिशत अर्थात एक अर्ब आठ करोड पाँच लाख ७८ हजार ५४३ बराबरको बोनस सेयर तथा ३१ करोड ५१ लाख ६८ हजार ७४२ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय गरेको हो । प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य सेयरधनीले दाबी गर्न पाउने छन् ।

NBB DIVIDEND देखिएन बोनसको चमक

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस