×
Lagani
Lagani Shiksha gif
साहस उर्जाले निस्कासन गरेको आईपीओको ओपनिङ्ग रेञ्ज ४०५ सम्म



साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँट भएपछी यसले कति बजार मूल्य पाउला भन्ने लगानीकर्ताको चासो रहेको छ।  कम्पनीले निस्कासन गरेको आइपियो ६ लाख ४४ हजार लगानीकर्ताले हात पारेका थिए।

कम्पनीको इपिएस ३५.३१ रहेको छ भने प्रति शेयर नेटवर्थ १३५ दशमलव ११  रहेको छ।  नेप्सेले दोस्रो बजारमा कारोबारको लागि ओपनिङ्ग रेञ्ज  १३५ दशमलव ११ रुपैयाँदेखि ४०५ दशमलव ३३ रुपैयाँतोक्ने सम्भावना रहेको छ।

Lagani Shiksha gif
sharehubapk साहस उर्जाले निस्कासन गरेको आईपीओको ओपनिङ्ग रेञ्ज ४०५ सम्म

Screenshot 2021 10 04 084537 साहस उर्जाले निस्कासन गरेको आईपीओको ओपनिङ्ग रेञ्ज ४०५ सम्म

कम्पनीले असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार बाँडफाँट गरेको छ  । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो   ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो  । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस