कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजार घटेको छ । सेयर बजार घट्दा सबै सूचकहरु रातमम्मै देखिएका छन् ।
नेप्से सूचक यस दिन २६ सय विन्दुभन्दा तल झरेको छ । नेप्से सूचक ५५.९३ अंकले घटेर २५७७.५० विन्दुमा पुग्दा आज ४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कूल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २ सय ४६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
खरिदबिक्री रकममा १५ करोड रुपैयाँभन्दा बढीसहित अपि पावर अग्रस्थानमा रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र रिडी हाइड्रोपावर परेका छन् ।
आइतबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted












