×
Lagani
Lagani Shiksha gif
आजदेखि युनियन लाइफको आईपीओ निष्कासन



युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो।

जारी पुँजी दुई अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकम बराबरको १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ।

Lagani Shiksha gif

जसमध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ।

५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिदका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस