अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक गरेको छ।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा यस वर्ष रू. ६ करोड ११ लाख खुद नाफा गरेको हो । जुन गत वर्षको रू. ३ करोड ५१ लाख भन्दा ७४ प्रतिशत बढी हो। कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव १५ र प्रतिशेयर नेटवर्थ रू. ११७ दशमलव ६८ रहेको छ ।
प्रतिशेयर नेटवर्थ रू. ११७ दशमलव ६८ रहेको कम्पनीको हालको बजार मूल्य ८२९ रहेको छ। यो तेस्रो त्रैमाससम्म कम्पनीले रू. ११ करोड १३ लाख कुल आम्दानी गरेको छ जुन यस वर्ष गत वर्षभन्दा ६३ प्रतिशत बढी र रू. ५ करोड २ लाख कुल खर्च गरेको छ जुन यस वर्ष गत वर्षभन्दा ५१ दशमलव ६६ प्रतिशत बढी हो।
यसै वर्ष सर्वसाधारणमा रू. ३० करोड बराबरको आईपीओ जारी गरी चुक्तापूँजी रू. १ अर्ब पुर्याएको कम्पनीको जगेडा कोष रकम १२६ दशमलव ७३ प्रतिशत बढी रू. ७ करोड ५५ लाख कायम भएको छ । कम्पनीको बीमाकोष रकम पनि ९३ प्रतिशत बढेर रू. ९ करोड २९ लाख कायम भएको छ ।
कम्पनीले प्रकासन गरेको विवरण यस प्रकार छ।












