×
Lagani
Lagani Shiksha gif
खुशिको खबर : नयाँ आईपीओ निस्कासन गर्न बोर्डबाट अनुमति , कहिले होला निस्कासन ?



सिईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) जारी गर्ने अनुमति पाएको छ ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति पाएको हाे ।कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

xvcTnUkmaI4pf3j2xSAK7bCRS6zyRGGytC7ekjys page 001 scaled e1618491758649 खुशिको खबर : नयाँ आईपीओ निस्कासन गर्न बोर्डबाट अनुमति , कहिले होला निस्कासन ?

यो पनि पढ्नुहोस :

एक बर्षमा करिब १५ सयले  नेप्से परिसूचक बढेर  उत्साहजनक कारोबार गर्दै नेपाली शेयर बजारले यस बर्ष २०७७ लाई बिदाई गरेको छ ।

बर्षकै अन्तिम कारोबार दिन, मंगलबार शेयर बजार मापक नेप्से सूचकले नयाँ रेकर्ड बनाएर यस वर्षलाई बिदाई गरेको छ। यस दिन नेप्से सूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेको छ। यो नेप्सेले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो।बर्षको अन्तिम दिन मंगलबार २०९ वटा कम्पनीको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको छ।

यस दिन विकास बैंक र वाणिज्य बैंकहरुमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। १३ उपसमुहमा ६ उपसमूहको सूचकमा हरियाली छाएको छ भने ७ उपसमूहमा रातो पोतिएको छ ।

मंगलबार पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एनआइसी एशिया लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशत बढेको छ भने माउन्टेन इनर्जीको ९.८९ प्रतिशत, ज्योति लाइफको ९.८३ प्रतिशत, सिन्धु विकास बैंकको ९.८२ प्रतिशत र छ्याङ्दी हाइड्रोको ९.८० प्रतिशतले बढेको छ।

यता लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा भने करेक्सन देखिएको छ। यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२७ प्रतिशतले घटेको छ भने लक्ष्मी लघुवित्तको ४.२७ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ३.५६ प्रतिशत, इन्फिनिटी लघुवित्तको ३.४७ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.३८ प्रतिशतले घटेको छ।

मंगलबार नविल बैंकको सबैभन्दा धेरै २८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल बैंकको २८ करोड १६ लाख, एनआइसी एशिया बैंकको २४ करोड ३५ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

दोब्बरले बढ्यो नेप्से परिसूचक

यस बर्ष नेप्से परिसूचक दोब्बर भन्दा धेरैले बढेको छ । असार १५ गते मात्रै खुलेको शेयर बजार यतिबेला बुमिङको अवस्थामा छ । असार १५ गते १२२३ रहेको नेप्से परिसूचक बर्षको अन्तिम दिन २७१४.७९ पुगेको छ । यस बर्षमा १४९१ भन्दा बढीले नेप्से परिसूचक बढेको छ ।

महामारीको समयमा अन्य सबैतिरबाट पीडित भएका नेपाली शेयर लगानीकर्तालाई बर्षको अन्तिमसम्म भने शेयरले मालामाल नै बनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस