×
Lagani
Lagani Shiksha gif
रुरु जलविद्युतको आईपीओको नतिजा हेर्न मिल्ने साइटहरु



रुरु जलविद्युत परियोजनाले  सर्बसाधारणलाई निष्काशन दोस्रो चरणको आईपिओ ( IPO ) शुक्रबारभित्र  बाँडफाँड हुने भएको छ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले दिएकाे जानकारी अनुसार कम्पनीकाे आईपीओ यही शुक्रबारभित्र बाँडफाँड हुने भएकाे छ । हाल उक्त आईपीओकाे डाटा भेरिफिकेसन गर्ने काम भइरहेकाे छ । डाटा भेरिफिकेसन भइसके पछि प्री-अलाेटमेन्ट गरि शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी भइरहेकाे हाे ।

Lagani Shiksha gif
sharehubapk रुरु जलविद्युतको आईपीओको नतिजा हेर्न मिल्ने साइटहरु

रु रु जलुविद्युत परियोजनाको आइपीओमा २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार अन्तिम दिन मंगलबारसम्ममा १६ लाख ६९ हजार ५६६ जनाले आवेदन दिएका थिय जुन माग भन्दा करिब ६२ गुणा बढी हो।

रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो । कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई छुट्टाइएको थियो।

आइपियो बाँडफाँड पछी कसरी हेर्ने नतिजा ?

विगतका आईपीओहरुको नतिजा सजिलै हेर्न पाइन्थ्यो । विभिन्न अनलाईन पोर्टलहरुले नतिजा प्रदान गर्ने गरेका थिए । तर  महिला लघुवित्तको आईपीओदेखि सिडीएससीले चार ठाँउबाट मात्र नतिजा हेर्न पाइने व्यवस्था गरेको छ ।

सर्वसाधारणले मेराे शेयर , सिडीएससीकाे नयाँ वेबसाइट,  कम्पनीकाे वेबसाइट र  बिक्री प्रबन्धककाे वेबसाइटमा नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्नको निम्ती केही समय भने कुर्नुपर्ने भएको छ । बिक्री प्रबन्धकले आईपीओ वितरण सम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेपछि यी चार माध्यमबाट नतिजा हेर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस