×
Lagani
Lagani Shiksha gif
आइपियो विकृति : लगानी थोरै देखावटी धेरै

सामाजिक संजाल बाट लीएका तस्विर



आज भोलि लगानीकर्ता बढे संगै आइपियो धेरै जनाको चासोको बिसे बनेको छ।

केहि समय अघि १०० को आसपास मा पहिने हाइड्रोपावरको शेयर आजभोलि १००० नाग्न लागिसकेको छ भने ऋणमा डुबेको कम्पनीको शेयर पनि राम्रो कम्पनिको भन्दा बढी मूल्य पर्न लागेको छ। यस्तो बजारमा धेरै फस्ने सम्भावना रहेको हुदा लगानीकर्ताहरु आइपियो मै सिमित रहन्छन। फल स्वरुप माग भन्दा बढी आवेदन पर्न लागेको छ।

Lagani Shiksha gif
sharehubapk आइपियो विकृति : लगानी थोरै देखावटी धेरै

यो एउटा विचार मात्र हो तपाइलाइ नराम्रो लागेमा माफी माग्न चाहन्छौ 

मात्र रु १००० मा १० कित्ता किनेर ५ देखि १० हजारमा बेच्न मिल्ने भएसी सबैले आइपियोमा आवेदन दिने गर्छ्न। धेरै जसो आइपियो १० कित्ता मात्र पर्ने भएको कारन बोरे प्रवृती पनि बढेको छ। आइपियो पर्न भाग्यकै भर पर्नुपर्ने बेला आएको छ।आजकाल धेरै लगानीकर्तालाई आइपियो नपर्ने भएको हुनाले सामाजिक संजाल भरि आइपियोकै चर्चा हुन्छ।

आज सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको। सामाजिक संजाल भरि त्यसैको चर्चा चलिरहेको छ। कोहि आइपियो परेन भनेर पोस्ट गरिरहेका छन् भने कोहि आइपियो पर्यो भनेर सामाजिक संजाल भरि हल्ला गरिरहेका छन। आइपोयो भएको आवेदन दिनेलाइ पार्नको लागिनै निस्कासन गरिने हुदा निस्कासन गरेको जति सबै बाडफाड हुन्छ। सामाजिक संजालमा पोस्ट गरेर हल्लानगरेमा आइपियो फिर्ता हुन्छ भन्ने कुनै निएम छैन। एक सफल लगानीकर्ताले कहिलै पनि हल्ला गर्दैन र उ सफल हुन्छ।

आजभन्दा १ बर्ष आगडी आइपियो भन्ने नसुन्नेले पनि आइपियोमा आवेदन दिएकै हुन्छन। दुखको कुरा त के भने , बच्चा जन्मने बित्तिकै जन्मदर्ता भन्दा पहिला दिम्याट खोल्न तिर बुवा आमाको ध्यान जान्छ त्यसैले आमाको दुध खाने बालकले पनि आइपियो भरेको हुन्छ। छोराछोरीलाई बिद्यालयको ज्ञान भन्दा शेयर बजारको ज्ञान दिन तिर आजभोलीका अविभावकको ध्यान हुन्छ।

१००० लगानी गरेर ४-५ हजार हुन्छ भनेर बजार छिरेका आइपियो बाट कमाइ भएसी दोस्रो बजारमा ठुलो दाउ पार्ने भन्दै प्रवेस गर्छन तर अर्ध ज्ञान भएको कारण नराम्रो संग फस्ने गर्छन। त्यसैले लगानी गर्नु भन्दा अगाडी अरुको सल्लाह भन्दा आफुले सिकेर लगानी गर्नेनै आग्दै बढ्ने गर्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस