×
Lagani
Lagani Shiksha gif
आज नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन



आज नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन  भएको छ। नेपाल हाइड्रो डेभलपर्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल हाइड्रो डेभलपर्स कम्पनी १५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजन पछि नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य ३२५ रुपैयाँ निर्धारण भएको छ भने महालक्ष्मी विकास बैंकको ८.८०% बोनस सेयरपछिको शेयर मूल्य २६९ रुपैयाँ निर्धारण भएको छ ।नेप्सेले नेपाल हाइड्रो डेभलपर्सको अन्तिम कारोबार मूल्य ३७४ रुपैयाँ र महालक्ष्मी विकास बैंकको अन्तिम कारोबार मूल्य २९३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Screenshot 2021 03 16 102313 आज नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन

Screenshot 2021 03 16 102329 आज नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन

यो पनि पढ्नुहोस :

आज भोलि लगानीकर्ताको ध्यानाकर्सन बनेको आइपियो भनरे करिब १५ -१६ लाख पुगेसकेका छन्।  छोटो समयमा फाइदा हुने भएपछी धेरै आम मानिसहरुको रोजाई बनेको छ।  लगानीकर्ता बढे संगै धेरै कम्पनीले धामाधम आइपियो जारि गरिरहेका छन्।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पनि यसै हप्ता आइपियो जारि गर्ने भएको छ।

पहिलो चरणमा सोमबार स्थानीयका लागि निस्कासन तथा बिक्रि गरेकोआइपियो  को बाँडफाँड भए लगतै कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि IPO निष्कासन गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ ( सुक्रबार ) गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।

कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको IPO लाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस