×
Lagani
Lagani Shiksha gif
आजदेखि २ कम्पनीको संस्थापक शेयर विक्रीमा



आजदेखि  २ कम्पनीको संस्थापक शेयर विक्रीमा आएको छ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

Lagani Shiksha gif
sharehubapk आजदेखि २ कम्पनीको संस्थापक शेयर विक्रीमा

कम्पनीले आइतवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक बाहेकका अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न सक्ने गरी प्रतिकित्ता रू. २५० मा उक्त शेयर विक्रीमा ल्याएको हो ।  उक्त शेयर खरीद गर्न इच्छुक  व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र न्युनतम १० हजार कित्ताको लागि  निवेदन पेश गर्न अनुरोध गरेको छ ।

lumbini general आजदेखि २ कम्पनीको संस्थापक शेयर विक्रीमा

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले ४३ हजार ६३६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । आइतवार एक सूचना जारी गर्दै कम्पनीले  संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय गोरखा १३, गोरखामा के कति कित्ता शेयर खरीद गर्ने हो सो को व्याहेरा खुलाई निवेदन दिन अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

16459240328 आजदेखि २ कम्पनीको संस्थापक शेयर विक्रीमा

 

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस