साताको कारबारको दोस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
यस दिन नेप्से सूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुग्दा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ जुन तुलनात्मकरुपमा कम हो । यस दिन २२४ कम्पनीको ४० हजार ८६९ पटकको कारोबारमा ४९ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.२४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन २६ करोड ५० लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरीजिवन विकास लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिभम सिमिन्ट, साहस उर्जा र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ ।
कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये ५ ओटा धितोपत्रका शेयरधनीले सर्वाधिक कमाएका छन् । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलोपर, बुद्धभूमि नेपाल हाइड्रोपावर र साहस उर्जाका शेयरधनीले कमाएका हुन् ।
युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ८३४ दशमलव ९० पुगेको छ । त्यसैगरी गुराँस लघुवित्तको शेयरमूल्य रू. १ हजार ४३०, नेपाल हाइड्रो डेभलपरको रू. ५६४ दशमलव ९०, बुद्धभूमि नेपालको रू. ६६७ र साहस उर्जाको रू. ६९० पुगेको छ ।
यस्तै आजको कारोबारमा नबिल डिबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १.९५ प्रतिशतले घटेको छ । त्यस्तै कालिका लघुवित्त, ग्रामिण विकास लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ ।

















