×
Lagani
Lagani Shiksha gif
प्रधानमन्त्री बालेनसँग सांसदको प्रत्यक्ष सवाल जवाफ हुदै , सभामुखले गरे मिति तय।



प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आयोजना गरिने भएको छ।

सभामुख डीपी अर्यालले यसका लागि उक्त मिति तय गरेका हुन्। प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा सांसदले प्रश्न गर्न सक्ने व्यवस्था छ। यस नियमबमोजिम, सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा यस प्रयोजनका लागि छुट्याउनुपर्ने प्रावधान छ।

Lagani Shiksha gif
sharehubapk प्रधानमन्त्री बालेनसँग सांसदको प्रत्यक्ष सवाल जवाफ हुदै , सभामुखले गरे मिति तय।

तोकिएको दिन बैठक सञ्चालन हुन नसकेमा, तत्पश्चात् बस्ने बैठकको पहिलो एक घण्टामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्पन्न गर्नुपर्ने नियमावलीमा स्पष्ट पारिएको छ। यस प्रकारको व्यवस्था कार्यान्वयनमा नआएको भन्दै प्रश्न उठिरहेका सन्दर्भमा सभामुखले भदौ १० गतेको मिति निर्धारण गरेका हुन्।

नियमावलीको नियम ५७ ले प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरेको छ। नियम ५८ अनुसार, प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले प्रश्नको विषयबारे बैठक प्रारम्भ हुनुभन्दा कम्तीमा तीन दिनअघि सभामुखलाई लिखित जानकारी गराउनुपर्नेछ।

नियम ५९ बमोजिम, प्राप्त प्रश्नहरू स्वीकारयोग्य छन् वा छैनन् भन्ने निर्णय गर्ने अधिकार सभामुखलाई रहनेछ। यस प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी थप कार्यविधि सभामुखले निर्धारण गरेअनुसार हुनेछ।

यसै सन्दर्भमा, नियम ६० ले यस परिच्छेदअन्तर्गत प्रधानमन्त्रीबाट दिइएका जवाफमाथि प्रतिनिधिसभामा कुनै पनि छलफल गर्न नपाइने व्यवस्था गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस