×
Lagani
Lagani Shiksha gif
कतै १० लाख तपाईलाई पो पर्यो कि , यस्तो छ हेर्ने तरिका । ( कुपन नम्बर सहित )



सरकारले उपभोक्तालाई वस्तु तथा सेवा खरिदमा प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरिएको छ। यो कार्यक्रममा सहभागी हुन र उपहार जित्न केही प्रक्रियाहरू पारदर्शी बनाइएको छ, जसले करदाताको सहभागितालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको कार्यविधि र सहभागी हुने तरिका:

Lagani Shiksha gif
sharehubapk कतै १० लाख तपाईलाई पो पर्यो कि , यस्तो छ हेर्ने तरिका । ( कुपन नम्बर सहित )

कार्यविधि अनुसार, बैंक वा मोबाइल वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताहरू यस कार्यक्रममा स्वतः सहभागी हुनेछन्। यद्यपि, उपहार दाबी गर्नका लागि खरिद गरेको वस्तु वा सेवाको बिल अनिवार्य रूपमा उपभोक्ताको साथमा रहनुपर्नेछ।

नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि भने छुट्टै प्रक्रिया निर्धारण गरिएको छ। यस्ता उपभोक्ताले वस्तु तथा सेवा खरिद पश्चात अनिवार्य रूपमा प्यान र भ्याट बिल लिनुपर्नेछ। तत्पश्चात, आन्तरिक राजस्व विभागको वेबसाइटमा गई उक्त बिल अपलोड गरी कार्यक्रममा सहभागी भएको कुपन प्राप्त गर्नुपर्नेछ।

उपहार प्राप्त भयो कि भएन, कसरी थाहा पाउने?

उपहार प्राप्त भयो वा भएन भन्ने कुराको जानकारी सजिलै प्राप्त गर्न सकिने प्रणाली विकास गरिरहेको आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशीले बताएका छन्। हाल यो प्रणाली पूर्ण रूपमा करदाताले हेर्न मिल्ने अवस्थामा नभए पनि, छिट्टै यस्तो व्यवस्था गरिने उनको भनाइ छ। केही समयभित्रमै कुपन नम्बरका आधारमा व्यक्ति पहिचान र कुन बिल नम्बरका व्यक्तिलाई उपहार परेको हो भन्ने कुरा सार्वजनिक गरिने उनको दाबी छ। हाललाई भने बिजेताको कुपन नम्वरको सुची यहाँ बाट हेर्न सकिन्छ। 

साइटमा गएर विजेता सूची मा क्लिक गरि त्यहाँ रहेको कुपन नम्बर आफ्नो मोबाइल बैंकिंङ्ग वा वालेटमा रहेको नम्बर सँग म्याच गरेर तपाईलाई परेको नपरेको जानकारी लिन सक्नु हुने छ।

बम्पर पुरस्कार विजेता कुपन नम्बर:
007315254493

दैनिक रु. १ लाख पुरस्कार विजेता कुपन नम्बरहरू:

  1. 007755590670
  2. 002928817811
  3. 003066779589
  4. 015611059075
  5. 009917833245
  6. 008782486335
  7. 012259086599
  8. 004780940884
  9. 013035230297
  10. 014973930733
  11. 010837180332
  12. 001808965986
  13. 006841553537
  14. 005588506085
  15. 011380914580

रघुवंशीका अनुसार, अर्थ मन्त्रालयले शुक्रबार विजेताहरूको घोषणा गरेको हो र व्यक्तिको विवरण पहिचान गर्ने काम भइरहेको छ। वालेट वा मोबाइलबाट भुक्तानी गर्दा तुरुन्त कुपन नम्बर सिर्जना हुनुपर्नेमा उनले जोड दिए, जसले गर्दा करदाता ढुक्क हुन सकून्। पहिलो पटक यस कार्यक्रममा केही ढिलाइ भएको भए पनि, आगामी दिनमा यो प्रक्रियालाई थप चुस्त र प्रभावकारी बनाइने उनको भनाइ छ।

“अहिले ढिलो भएकाले २२ साउनमा बिल नम्बरका आधारमा उपहार कार्यक्रम सार्वजनिक गरियो,” उनले भने, “अब हरेक महिनाको १ गते उपहार कार्यक्रम खोल्छौं।”

छनोट प्रक्रिया र आगामी योजना:

छनोट प्रक्रियाबारे निर्देशक रघुवंशीले भने, “अहिले यसबारे हामीलाई पनि पूर्ण जानकारी छैन, यो मन्त्रालयले गरेको हो। पहिलोचोटी भएकाले पनि धेरै कुरामा प्रस्ट भइसकेका छैनौं, बिस्तारै यसलाई सहज बनाउँदै लग्छौं।”

पहिलो बम्पर उपहार विजेता:

यस कार्यक्रम अन्तर्गत, अनलाइनमार्फत् शिव कृष्ण जनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जेनरल स्टोरबाट सामान खरिद गर्ने ती उपभोक्ताले आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार प्राप्त गरेका हुन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयका अनुसार, शुक्रबार १५ जनालाई १-१ लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको उपहार घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले यस कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी गरेको थियो। यस कार्यक्रममा १ देखि १५ साउनसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा कारोबार गरी विभागको वेबसाइटमा बिल अपलोड गरेका उपभोक्ताहरूलाई शुक्रबार उपहार घोषणा गरिएको थियो।

यस अवधिमा, १ देखि १५ साउनसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी सहित १-१ लाख रुपैयाँ नगद उपहार पाएका छन्। यस्तै, १ देखि १५ साउनसम्मका सम्पूर्ण उपभोक्तामध्ये एक जनाले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्। यो पुरस्कार रकममा भने नियमानुसार कर लाग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस