काठमाडौं, १६ असार । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ हजार १०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको हो।
कम्पनीका अनुसार हालका लागि उक्त सेयर खरिदमा विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र प्राथमिकता दिइएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरूले काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी निवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ। सेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेको दरअनुसार कायम हुनेछ।
कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा प्रचलित व्यवस्था अनुसार उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ।
















