×
Lagani
Lagani Shiksha gif
लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली



काठमाडौं, १६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी, बामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका साथ संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता रहेको बताएका छन्।

नेकपा एमाले राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त सङ्घर्ष जरुरी रहेको बताएका हुन् ।

Lagani Shiksha gif
sharehubapk लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

उनले भने, ‘देशमा गरिएको वितण्डाविरुद्ध रहेका सबै लोकतन्त्रवादी, बामपन्थी र देशभक्तहरुबीच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्छ।’ अहिले कुनै बामपन्थी दलसँग पार्टी एकताको सम्भावना नरहेको र त्यस भ्रममा नपर्न नेता कार्यकर्ताहरूसँग उनको आग्रह पनि थियो।

‘हामी समूहगत र संस्थागत एकता गर्दैनौं तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौं’, उनले भने। अध्यक्ष ओलीले पार्टी एकतामा पवित्रता चाहिने बताउँदै विगतमा त्यो नदेखिएकोसमेत जनाए ।

उनले अगाडी भने, ‘एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच देखियो।’

 

‘गत फागुन २१ गतेको निर्वाचन २०८२ भदौ २३ र २४ गते गरिएका अपराधलाई वैधानिकता दिन मञ्चन गरिएको नाटक हो’, अध्यक्ष ओलीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कस्ले चलायो र दुई दिनका घटनामा सुरक्षा संयन्त्र किन निस्प्रभावी भए ? भन्ने विषय उल्लेख नभएकाले ती अपराध घटनालाई ढाकछोप गर्न आयोग बनेको स्पष्ट भएको बताए ।

उनले गत भदौ २३÷२४ को घटना संविधान, लोकतन्त्र र हाम्रा विरुद्धको आक्रमण र षडयन्त्र थियो भन्दै त्यो उपद्रव युवा विद्रोह, आन्दोलन थियो भन्ने भ्रममा नपर्न आग्रह गरेका पनि छन्।

 

अध्यक्ष ओलीले पार्टी पुनर्गठनको सन्दर्भमा निष्क्रिय रहेका पार्टी कमिटीहरुलाई सक्रिय बनाउन पुनर्गठन गर्न सकिने बताए । उनले पार्टीमा एकता, फेरि पनि एकता र अझ बलियो एकताको आवश्यकता रहेकोमा जोड दिँदै शत्रुहरुले आक्रमण गरिरहेको यसबेला पार्टीलाई विजयतर्फ अगाडि बढाउन के गर्नुपर्छ, त्यसदिशामा राय सुझाव दिन सुझाएका थिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस