×
Lagani
Lagani Shiksha gif
हिमालयन पावरको अवितरित हकप्रद सेयर लिलामी खुला, आजदेखि आवेदन दिन सकिने



काठमाडौं, २७ जेठ । हिमालयन पावर पार्टनर लिमिटेडले बिक्री हुन बाँकी रहेको हकप्रद सेयर आजदेखि लिलामीमार्फत बिक्री खुला गरेको छ। हकप्रद निष्कासन अवधिमा आवेदन नपरेका सेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि बोलकबोल प्रक्रियाबाट उपलब्ध गराइएको हो।

कम्पनीले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गरेको थियो। उक्त निष्कासनमा बिक्री हुन नसकेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर अब लिलामीमार्फत वितरण गर्न लागिएको जनाएको छ।

Lagani Shiksha gif

यस लिलामीमा व्यक्तिगत लगानीकर्ता, कम्पनी तथा विभिन्न संघ–संस्थाले सहभागी हुन सक्नेछन्। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरेको छ। आवेदन दिँदा कम्तीमा १०० कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण सेयरसम्मका लागि बोलपत्र पेश गर्न सकिने व्यवस्था गरिएको छ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरलगायत शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार बोलपत्र पेश गर्ने अन्तिम मिति असार ४ गते तोकिएको छ। तोकिएको अवधिभित्र प्राप्त आवेदनमध्ये उच्च मूल्य प्रस्ताव गर्ने आवेदकलाई प्राथमिकताका आधारमा सेयर बाँडफाँट गरिनेछ। लिलामी प्रक्रियाले बिक्री हुन बाँकी रहेको हकप्रद सेयर व्यवस्थापन गर्न कम्पनीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस