×
Lagani
Lagani Shiksha gif
मर्जर प्रस्तावसहित मानुषी लघुवित्तले बोलायो वार्षिक साधारण सभा



काठमाडौं, २४ जेठ ।  मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँगको मर्जर प्रक्रियालाई प्रमुख एजेन्डा बनाउँदै सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको जेठ २२ गते बसेको सञ्चालक समिति बैठकले साधारण सभा असार १३ गते गर्ने निर्णय गरेको हो।

सभा काभ्रेपलाञ्चोकको बनेपास्थित होटल उग्रचण्डीमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ। सभामा तीनवटा लघुवित्त संस्थाबीच एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिनेछ। साथै हालसम्म मर्जर प्रक्रियाका क्रममा भएका निर्णय तथा सम्पूर्ण कामकारबाहीलाई समेत अनुमोदन गर्ने प्रस्ताव रहेको छ।

Lagani Shiksha gif

यसका अतिरिक्त आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभामा पेश हुनेछ।

साधारण सभा प्रयोजनका लागि संस्थाले असार ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस