×
Lagani
Lagani Shiksha gif
सबैले भर्न मिल्ने एभरेष्ट कलरको आईपियो निस्कासन मिति सार्बजनिक



एभरेष्ट कलर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) यही जेठ २२ गतेबाट जारी गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ लाख ५५ हजार ७०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। यस निष्काशनबाट कम्पनीले कुल ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको पुँजी जुटाउने लक्ष्य राखेको छ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा जेठ २७ गते तोकिएको छ।

कम्पनीको यस धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस