×
Nepse Bajar Messenger Channel
रवि लामिछाने र महन्थ ठाकुरबिच भेटवार्ता



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भएको एक महत्वपूर्ण भेटवार्ता भएको छ ।

बुढानिलकण्ठस्थित लामिछानेको निजी निवासमा सम्पन्न यस भेटमा देशको वर्तमान राजनीतिक परिदृश्य, मधेस क्षेत्रको विकासको आवश्यकता र त्यसका लागि प्राथमिकतामा राखिनुपर्ने योजनाहरुबारे विस्तृत छलफल भएको थियो।

यस भेटघाटको निष्कर्षमा, दुवै पक्ष पछिल्लो जनादेशको मर्मलाई आत्मसात गर्दै देशको समग्र विकासका लागि एकताबद्ध भएर सहकार्य गर्ने विषयमा सहमत भएका छन्। विकास र सुशासनलाई केन्द्रबिन्दुमा राखेर आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त भएको छ। रास्वपा सभापतिको सचिवालयले जनाएअनुसार, यो सहमतिले आगामी दिनमा राष्ट्रिय हितका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस