×
Lagani
Lagani Shiksha gif
अध्यक्ष ओलीको गिरफ्तारीपछि एमाले सडक आन्दोलनमा



नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरु गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी सचिवालयको बैठक जारी रहेकै अवस्थामा एमालेका कार्यकर्ताहरू काठमाडौंको चाबहिल क्षेत्रमा सडकमा उत्रिएर चर्को नाराबाजी गरिरहेका छन्।

सरकारले आज बिहान अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो। गिरफ्तारीलगत्तै एमालेका नेताहरूले तत्काल सडक आन्दोलनमा उत्रने प्रतिक्रिया दिएका थिए। यस सम्बन्धमा पार्टीको औपचारिक निर्णय लिनका लागि सचिवालय बैठक बसिरहेको छ। चाबहिल क्षेत्रमा प्रदर्शनकारीहरूको बाक्लो उपस्थिति रहेको र सो क्षेत्रमा केही समयका लागि तनावको स्थिति सिर्जना भएको छ।

Lagani Shiksha gif
sharehubapk अध्यक्ष ओलीको गिरफ्तारीपछि एमाले सडक आन्दोलनमा
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस