×
अमरेशकुमार सिंह मन्त्री बन्ने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीका लागि अमरेशकुमार सिंहलाई सिफारिस गर्ने निर्णय गरेको छ।

पार्टीको शुक्रबार बसेको बैठकले सिंहलाई प्रधानमन्त्रीको नेतृत्वमा रहने सरकारमा मन्त्री बनाउने टुंगो लगाएको हो। सिंह यसअघि सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सभापति तथा पूर्वमन्त्री गगन थापालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

उनको मन्त्री पदको सपथ आजै गरिने कार्यक्रम रहेको छ। यस निर्णयसँगै सिंहले नयाँ सरकारमा एक महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गर्ने भएका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस