×
Lagani
Lagani Shiksha gif
पश्चिम एसियाको युद्धको प्रभाव: इन्धनको मूल्यमा भारी वृद्धि



नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि हुनुका साथै आपूर्ति व्यवस्थापनमा परेको दबाबका कारण मूल्य बढाउन निगम बाध्य भएको जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, चैत २ गते बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँले र डिजेल तथा मट्टीतेलको मूल्य १० रुपैयाँले बढेको छ। नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकाका उपभोक्ताले अब एक लिटर पेट्रोल १७२ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५२ रुपैयाँ तिर्नुपर्नेछ।

Lagani Shiksha gif
sharehubapk पश्चिम एसियाको युद्धको प्रभाव: इन्धनको मूल्यमा भारी वृद्धि

नेपाल आयल निगमले पछिल्लो समयमा पश्चिम एसियामा जारी युद्धले गर्दा विश्वव्यापी इन्धन आपूर्तिमा आएको व्यवधानले मूल्यवृद्धि गर्नुपरेको बताएको छ। निगमले थप जानकारी दिँदै भविष्यमा पनि अन्तर्राष्ट्रिय बजारको स्थिति हेरी मूल्य समायोजन गर्न सकिने बताएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस