×
Lagani
Lagani Shiksha gif
गणपति लघुवित्तको १४.९७ प्रतिशत नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो



काठमाडौ, माघ १८ । गणपति लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यस लघुवित्तको खुद नाफा १४.९७ प्रतिशतले बढेर १ करोड २३ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी ४२.९४ प्रतिशतले बढेर ७ करोड ५० लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड २५ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

Lagani Shiksha gif
sharehubapk गणपति लघुवित्तको १४.९७ प्रतिशत नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

यता, सञ्चालन नाफा १४.९७ प्रतिशतले बढेर १ करोड ७६ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ १२ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस