×
Lagani
Lagani Shiksha gif
हजार पर्ने कम्पनीको शेयर १ सयमै सर्बसाधारणलाई , यसरि दिनुहोस् आवेदन।



आजदेखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुल्ला भएको छ।

लामो समय सम्म निष्कासन बन्द रहेको सार्बजनिक निष्कासन जेठको पहिलो सातादेखि अघि बढेको हो । सूर्योदय वोमी लघुवित्तले बोर्डबाट असार २३ गते एफपीओ निष्कासन गर्न अनुमति पाएकोले प्रतिकित्ता १०० रूपैयाँमै शुक्रवारदेखि ४६ हजार ७३० कित्ता एफपीओ निष्कासन गर्दैछ ।

कम्पनीको एफपीओ खरीदका लागि साउन ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने साउन १८ गतेसम्म विक्री लम्बिने  छ। लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। तर कम कित्ता भएको हुदा १० कित्ता आवेदन दिदा नै बेस हुने छ।

कम्पनीको एफपीओको लागि विक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गरेको छ। त्यस्तै केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

कम्पनीको हालको बजार मूल्य ९सय ९६ रुपैयाँ ७० पैसा रहेको छ।  त्यस्तै एफपीओ सूचीकृत भएपछि भने कम्पनीको एफपीओ सूचीकृत हुँदाको समयमा कायम कम्पनीको शेयरमूल्यमै एफपीओ कारोबारमा आउनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस