×
Lagani
Lagani Shiksha gif
सन्दीप लामिछाने निर्दोष ठहरिए , जिल्ला अदालतको फैसला उल्टियो।



गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । उच्चको फैसलापछि उनको टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ ।

Lagani Shiksha gif
sharehubapk सन्दीप लामिछाने निर्दोष ठहरिए , जिल्ला अदालतको फैसला उल्टियो।

उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो । मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो । बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो ।

फैसला गर्नु अघी न्यायाधीशहरुले काठमाडौँको होटलको सीसीटीभी फुटेज हेरेका थिए।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
हरि लुइटेल
Guest
हरि लुइटेल
May 15, 2024 5:27 pm

सत्य अर्थात जनता को जित हो यो ।जस्तो सुकै कु शक्ति को पनि समय आये प छि सत्य सङ्ग घुडा टेक्नै पर्छ ।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस