×
Lagani
Lagani Shiksha gif
कति होला सिटिजन लाइफ इन्स्योरेन्सको ओपनिङ्ग रेञ्ज ?



सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको आईपियो बुधबार बाँडफाँट भएको हो। उक्त आईपियो आवेदन दिने कुल आवेदक मध्य ९ लाख आवेदकले १० कित्ताको दरले हात पारेका छन्। आईपियो परे संगै धेरै जनालाई कम्पनीको ओपनिङ्ग रेञ्ज कति होला भनेर चासो रहेको हुदा आज हामीले ओपनिङ्ग रेञ्ज सम्बन्धि जानकारी लिएर आएका छौ।

Lagani Shiksha gif
sharehubapk कति होला सिटिजन लाइफ इन्स्योरेन्सको ओपनिङ्ग रेञ्ज ?

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गरेको थियो। आईपियो निष्कासन गर्ने बेलामा कम्पनीको वास्तविक नेटवर्थ १७२.४३ रुपैयाँ रहेको थियो। नेप्सेले कम्पनीको नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने भएको हुदा कम्पनीको ओपनिङ्ग रेञ्ज १७२.४३ रुपैयाँ देखि ५१७.२९ रुपैयाँ सम्म तोकिने छ।

अब कम्पनीले आफ्नो सेयर नेप्सेमा सुचिकृत गरेपछि लगानीकर्ताले दोश्रो बजारमा आफ्नो आईपीओ बेच्न पाउने छन्। कम्पनीको यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको थियो  । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस