×
Lagani
Lagani Shiksha gif
कारोबारमा आउदै घोराही सिमेन्ट , अप्पर स्याङ्गे र थ्रीस्टारको आइपियो , ओपनिङ्ग रेञ्ज कति ?



नेपाल स्टक एक्सचेन्जमा बिहीवार सूचीकृत  तिन कम्पनीको आइतबार पहिलो कारोबार हुने भएको छ।

एक्सचेन्जमा घोराही सिमेन्टको  ३ करोड ९७ लाख १९ हजार ६ कित्ता  , थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ४९ लाख २५ हजार कित्ता र अप्पर स्याङ्गे हाइड्रोपावरको २२ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।

Lagani Shiksha gif
sharehubapk कारोबारमा आउदै घोराही सिमेन्ट , अप्पर स्याङ्गे र थ्रीस्टारको आइपियो , ओपनिङ्ग रेञ्ज कति ?

अप्पर स्याङ्गे हाइड्रोपावरलाई नेप्सेले स्टक सिम्बोल यूएसएचएल प्रदान गरेको छ। साथै पहिलो कारोबारको लागि रू. ८४ दशलमव ५४ देखि २५३ दशमलव ६२ ओपन रेञ्ज टोकेको छ । यही रेञ्जका आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछ ।

त्यस्तै नेप्सेले थ्रीस्टार हाइड्रोपावरलाई स्टक सिम्बोल टिएसएचएल प्रदान गरेको छ भने पहिलो कारोबारको लागि रू. ८५ दशलमव ६५ देखि २५६ दशमलव ९५ ओपनिङ्ग रेञ्ज  टोकेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर आइतवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

साथै घोराही सिमेन्टको सेयर कारोबारका लागि नेप्सेले ‘जीसीआइएल’ संकेत दिएको छ भने पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस