×
Lagani
Lagani Shiksha gif
आज यी स्थानमा सार्बजनिक बिदा।



गुरू पुर्णिमाको दिन ब्याँस नगरपालिकाले सार्बजनिक बिदा दिएको छ ।

तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको हो । महर्षी बेदब्याँसको जन्मस्थान मानिदै आएको उक्त स्थानमा गुरु पुर्णिमाका दिन बिदा दिईएको हो ।

Lagani Shiksha gif
sharehubapk आज यी स्थानमा सार्बजनिक बिदा।

गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको पनि सो नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका सङ्घ संस्था बन्द रहने भएका छन् ।

त्यस्तै मुस्ताङको लोमान्थाङ गाउँपालिकाले राजाका छोराको बिहेको अवसरमा आज गाउँपालिकामा सार्वजनिक बिदाको घोषणा गरेको छ। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टेसि न्हर्क गुरुङद्वारा जारी सूचनामा मुस्ताङका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर बिष्टको विवाहको उत्सव मनाउन लागिएकाले सार्वजनिक बिदा दिइएको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस