×
चितवन-२ मा अघि लागे रवि लामिछाने



चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत पाउँदा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्। इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।

इच्छाकामनामा कुल ९४४४ मत खसेको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस