×
Lagani
Lagani Shiksha gif
आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट मिति सार्बजनिक , १५ लाख बढीको हात खालि हुने।



आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट हुने भएको छ।

लघुवित्तको आईपीओ आइतबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा हुने भएको हो। कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । जसमा १६ लाख ९ हजार ५८६ जनाले कुल १ करोड ७८ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन ।  जुन मागभन्दा १०४ दशमलव ९० गुणा बढी आवेदन हो ।

Lagani Shiksha gif
sharehubapk आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट मिति सार्बजनिक , १५ लाख बढीको हात खालि हुने।

माग भन्दा बढी आवेदन परेको हुदा  गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसले गर्दा १६ हजार ९७५ आवेदकले १० कित्ताको दरले मात्र शेयर हात पार्नेछन् भने बाकी १५ लाख ९२ हजार ६११ जनाको भने हात खाली हुनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
कर्मा थिङ्ग
Guest
कर्मा थिङ्ग
March 11, 2023 1:12 pm

जति हालेपनी पर्दैन हजुर के गर्नु।😭😭😭😭😭😭



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस