उपकार लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले चालु आवको असोज मसान्तसम्म ४१ लाख ३५ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ८१.७६ प्रतिशतले कमी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले २ करोड २६ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चुक्ता पूँजी ४ करोड २० लाख रहेको कम्पनीको जगेडा कोषमा १३ करोड १३ लाख ९१ हजार सञ्चित छ । लघुवित्त कम्पनीको सञ्चालन नाफा ३ करोड ४३ लाख ऋणात्मक रहेको छ भने पहिलो त्रैमासमा कम्पनीले करोड ९ लाख ३८ हजार खराब कर्जा उठाएको छ । खराब कर्जा उठाएपछि नाफा धनात्मक बनेको हो ।
कम्पनीको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १३ करोड १३ लाख ९१ हजार रुपैयाँ राखेको छ । कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

















