×
Lagani
Lagani Shiksha gif
युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स बीच मर्जर सम्झौता



प्रभु इन्स्योरेन्ससँगको मर्जर सम्झौता भंग भएपछि अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको छ ।

पुस २६ गते अजोड इन्स्योरेन्सको प्रभु इन्स्योरेन्ससँगको मर्जर सम्झौता भंग भएको थियो। सम्झौता भंग भएपछि सोहि दिन युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको हो ।  मर्जरका विषयमा आवश्यक छलफल गर्नकोलागि युनाइटेड इन्स्योरेन्सले बुधवार वार्षिक साधारण सभा बोलाएको छ। यी दुई कम्पनीबीच डीडीएको आधारमा स्वाप रेसियो तय हुने गरी मर्जर सम्झौता भएको बुझिएको छ ।

Lagani Shiksha gif
sharehubapk युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स बीच मर्जर सम्झौता

प्रभु र अजोड इन्स्यारेन्सबीच गत असार ३२ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएतापनि करीब ६ महिनामा सम्झौता भंग गरेका छन् । हाल अजोड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी  रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार रहेको छ।

युनाइटेड इन्स्योरेन्सले यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजीमा रू. ५ करोड १४ लाख ८ हजार थप हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस