×
Lagani
Lagani Shiksha gif
अरुण काबेलीले बोलायो साधारण सभा , सेयरधनीलाई कती छ लाभांश?



अरुण काबेली पावर कम्पनीले ३० कात्तिकमा वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गर्ने भएको छ ।

Lagani Shiksha gif
sharehubapk अरुण काबेलीले बोलायो साधारण सभा , सेयरधनीलाई कती छ लाभांश?

गत आर्थिकक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि रहेको छ । नयाँ परियोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ ।
कम्पनीले १ः१ अनुपातमा (१०० प्रतिशत) हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । बोर्डले अनुमति प्रदान गर्ने बेलासम्म कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि स्वीकृति प्रदान गर्नेसम्बन्धी प्रस्ताव पनि सभामा लगिने अरुण काबेलीले जानकारी गराएको छ ।

अरुणको हाल एक अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । प्रस्तावित बोनस सेयर वितरण भएमा चुक्ता पुँजी दुई अर्ब चार करोड सात लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ ।

साधारण सभा अल्फाबिटा कम्प्लेक्सको चौथो तल्ला नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले साधारण सभा र बोनस सेयर प्रयोजनका लागि १८ कात्तिकमा बुक क्लोज गर्ने भएको छ ।

313474842 5005224242914608 6961920219039696871 n अरुण काबेलीले बोलायो साधारण सभा , सेयरधनीलाई कती छ लाभांश?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस