×
Lagani
Lagani Shiksha gif
आँखा अस्पताललाई एभरेष्ट बैंकको सहयोग



एभरेष्ट बैंकले बुधबार २८औं वार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गरेको थियो । बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मान समेत गरेको थियो ।

Lagani Shiksha gif
sharehubapk आँखा अस्पताललाई एभरेष्ट बैंकको सहयोग

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नेत्र ज्योति संघलाई डा रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेशिन खरीद गर्न ४ लाख ८० हजार आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल नेत्र ज्योति संघका बोर्ड सदस्य द्रोण गुरागाईंलाई कार्यक्रममार्फत सो चेक हस्तान्तरण गरे ।

बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतीक्षालय निर्माणका लागि गोदावरी नगरपालिका वडा नम्बर ३ सँग सम्झौता गरेको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष सानु राजा घिमिरेले एक कार्यक्रमका बीच सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस