×
सन्दीपको बयान : आफैँ होटलमा बसौँ भनिन् , होस्टल कहाँ हो भन्दा देखाईनन्।



बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् ।

उनले सोमबार सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका हुन् । म्याद थपका क्रममा न्यायाधीशले सन्दीपलाई केही भन्नु छ भनेर सोधेका थिए। त्यसक्रममा उनले यसअघि बयानमा जस्तै आफू निर्दोष रहेको जिकिर गरेकको स्रोतले जनाएको छ ।

प्रहरीले उनीहरु बसेको भनिएको  होटेलको सीसीटिभी क्यामराको फुटेज पनि उनलाई देखाएको थियो । त्यसक्रममा सन्दीपले फुटेजमा देखिएको व्यक्ति आफैँ भए पनि जाहेरवालाकै अनुरोधमा त्यहाँ गएको बताएका छन् । उनले नगरकोटबाट फर्किएर आउँदा अबेर भएपछि जोहरवालाले नै होटेलमा बसौँ भनेको उल्लेख गरेका छन् ।

बयानमा सन्दीपले जाहेरवालाकै पूर्वयोजना अनुसार आफू नगरकोट पुगेको बताएका छन्। नगरकोटबाट फर्किएर आउँदा ढिला भएपछि जाहेरवालाले नै होटलमा बसौं भनेको र छुट्टाछुट्टै कोठा बुक गर्न खोज्दा खाली नभएपछि कोठा नम्बर ३०५ मा सँगै बस्नुपरेको बताएका छन् । होस्टल कहाँनेरी हो भनेर सोधे पनि उनले नदेखाएको सन्दीपले बयानमा भनेका छन्।

अनुसन्धानका क्रममा प्रहरीले सङ्कलन गरेको सीसी टिभी फुटेजमा पनि लामिछाने र ती किशोरी राति ११ः५५ तिर कोठामा गएको देखिएको एक अधिकृतले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस